गठबन्धनको निर्णयः चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त रुपमा वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।
गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति जुटेको छैन् । बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो ।
बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा तालमेलबारे समस्या देखिएका जिल्ला र स्थानीय तहमा केन्द्रबाट नै निर्णय गर्न सकिनेबारे छलफल सुरु भएको समेत बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चुनावी तालमेल, #प्रधानमन्त्री निवास बालुवाटार, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्