सुपारी आयातमा संसदीय समिति बाधक, रोक्न सरकारलाई दियो निर्देशन
काठमाडौं । सरकारलाई सुपारी आयातको इजाजत रोक्न संसदीय समितिले निर्देशन दिएको छ । बुधवार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयात इजाजत पत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।
देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा पुगेर समितिले यस्तो निर्देशन दिएको उनले बताए ।
समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको समिति सभापति श्रीवास्तवले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आयात इजाजत पत्र, #संसदीय समिति, #सुपारी आयात
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्