एनआरएनए महाधिवेशनः तीन अध्यक्ष बन्ने भएपछि एनआरएनएमा मिल्यो विवाद
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने पक्का भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो ।
शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।
नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डाक्टर हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् । तीन जना अध्यक्ष बन्ने भएपछि एनआरएनएमा देखिएको विवाद समाधान भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एनआरएनए, #दशौँ महाधिवेशन
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्