एनआरएनए महाधिवेशनः तीन अध्यक्ष बन्ने भएपछि एनआरएनएमा मिल्यो विवाद
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने पक्का भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो ।
शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।
नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डाक्टर हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् । तीन जना अध्यक्ष बन्ने भएपछि एनआरएनएमा देखिएको विवाद समाधान भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एनआरएनए, #दशौँ महाधिवेशन
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्