जसपाको आरोपः सांसद प्रमोद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरे

काठमाडौं । जनता समाजवादी पार्टीले प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गरेर आक्रमण एमाले कार्यकर्ताले गरेको आरोप लगाएका हुन् ।
कामको सिलसिलामा गृह जिल्ला पुगेका सांसद साह र अन्य कार्यकर्ताहरूमाथि नेकपा एमालेका कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं हुने समेत जसपाले चेतावनी दिएको छ ।
घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जसपाले माग गरेको छ ।क्लबको जग्गाको विषयमा दुई पक्षबीच भएको झडपमा सांसद साह, उनका सुरक्षा गार्ड र जसपाका केही कार्यकर्ता घाइते भएका छन् । सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नेकपा एमाले, #सांसद साह
ताजा खबर
- १स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा
- २राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
- ३रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति रोकौं
- ४देश र जनताको हितका लागि राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा
- ५बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
तपाईको कमेन्ट लेख्नुहोस्