संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्बोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा रहेको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सामेल रहेका छन्। संवैधानिक परिषद्सम्बन्धी प्रावधान संशोधन गरी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धका १ सय १२ रिटमाथि बुधबारका लागि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो।
सर्वोच्चले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओमप्रकाश अर्याल,कीर्तिनाथ शर्मा पौडेल र समृत खरेलको रिटमा अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको हो । यसैगरी संवैधानिक निकायमा गरिएको पदाधिकारी सिफारिश, नियुक्ति लगायतका निर्णयको सक्कल फाइल झिकाउने र यससम्बन्धी सबै रिटलाई एकसाथ पेश गर्ने आदेश समेत सर्वोच्चले दिएको छ । नियुक्तिविरुद्धमा परेका रिटमा लामो समयपछि शुक्रवारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वोच्च अदालत, #संवैधानिक इजलास
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्