स्थानीय तहको चुनावको लागि श्रोतको व्यवस्थापन भइसक्योः अर्थमन्त्री शर्मा

रुकुमपश्चिम । अर्थमन्त्री जनार्दन शर्माले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि अर्थ मन्त्रालयले श्रोतको व्यवस्थापन गरिसकेको बताएका छन् । सोमबार गृह जिल्ला रुकुम पश्चिमको सल्ले बिमानस्थलमा नेपाल पत्रकार महासंघ रुकुमले गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा चुनावको लागि आवश्यक श्रोतको व्यवस्था गरिसकेको जानकारी दिएका हुन् ।
सरकारले चुनावको मिति घोषणा गरेसँगै सबै दलहरु आन्तरिक प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार छनौटमा लागिपरेको उनले जानकारी दिए । मन्त्री शर्माले आफु गठबन्धन सरकारको मन्त्री भएकोले वर्तमान अवस्थामा गठबन्धनको आवश्यकता रहेको उल्लेख गरे । ‘संविधानको रक्षा र जनताको अधिकारको लागि गठबन्धन जरुरी भएर सरकार बनेको हो,’ मन्त्री शर्माले भने ‘बिभिन्न कालखण्डले गठबन्धन सरकारको सस्कृति आवश्यकता रहेको पुष्टि भइरहेको छ ।
आसन्न स्थानीय तहको चुनावको लागि पार्टीको केन्द्रीय निर्णय भएमा मात्र गठबन्धनको बिषयमा स्पष्ट भन्नसकिने शर्माको भनाई थियो । रुकुममा माओवादी केन्द्र अन्य दलसँग सहकार्यका लागि तयार रहेको भन्दै चुनावी सहकार्य नभएमा पनि एक्लै प्रतिस्पर्धा गर्न तयारी अवस्थामा रहेको उनको दाबी छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, गोपाल शर्मा, बसन्त शर्मा, लक्ष्मी पुन, पार्टीका जिल्ला संयोजक गोबिन्द रोका, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो । महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनार्दन शर्मा, #बैशाख ३०, #श्रोतको व्यवस्थापन
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्