क्रिप्टोकरेन्सीमा प्रियंकाको नाम जोडियो, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् । क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको बताइएको छ ।
सीआइबीको बोलाएपछि नायिका कार्कीले आइतबार बयान दिएकी छन् । ‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको बताइएको छ ।
किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पोस्टमा प्रियंकाको पनि लगानी रहेको उल्लेख गरिएको छ । नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू गएको बताएकी छन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनले बताइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नायिका प्रियंका कार्की
तपाईको कमेन्ट लेख्नुहोस्