मन्त्री आलेले भने महाभारतको पात्र दुर्योधन र एमाले अध्यक्ष ओलीमा कुनै फरक छैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले अध्यक्ष ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने जिकिर गरे । अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेको उनले अरोप लगाए ।
महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् । आलेले ओली सरकारका पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी संग्रहालय र पशुपति धर्मशाला दिएको आरोप समेत लगाए । उनले आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने समेत बताए । अरु नेतामाथि आले आक्रामक यसअघि नै भएपनि ओलीमाथि भने पहिलो पटक आरोप लगाएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #प्रेम आले
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्