पल शाह अझै ५ दिन हिरासतमा रहने,नवलपुरमा पनि अनुसन्धान जारी
काठमाडौं । जिल्ला अदालत तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् ।
उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको थियो । गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ ।
तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो । यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन । दुबै जिल्लामा पलमाथि अनुसन्धान जारी छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पल शाह, #पाँच दिन हिरासतमा
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्