पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ
काठमाडौं । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई शुक्रबार दमौलीबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालतले जोशीमाथी पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।
नबालिगलाई जबरजस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ ।
पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ । पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको केही दोष नभएको यो सबै षडयन्त्र आफूहरुले गरिरहेको भन्दै जोशीले मिडियाबाजी गरिरहेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कृष्णप्रसाद जोशी, #नायक पल शाह
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्