महानायक राजेश हमालको इच्छा काठमाडौंको मेयर बन्ने
काठमाडौं । महानायक राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा जाहेर गरेका छन् । देशकै ठूलो र राजधानी भएको शहरलाई सौन्दर्यकरण गर्न र सफासुन्दर बनाउन कसैको ध्यान नपुगेको भन्दै हमालले मेयर बन्ने इच्छा जागेको बताएका हुन् ।
महानगर नेतृत्वमा आउनेहरुले भाषणमा शहरलाई व्यवस्थित र नमूना बनाउने भने पनि व्यवहारमा भने काम नगरेको टिप्पणी गर्दै हमालले शहर सुन्दर बनाउन एकपटक आफूले मेयर बन्दा ठिक हुन्छ भन्ने लागेको उल्लेख गरेका छन्।
‘शहरलाई ब्युटीफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्न, सोंच नपुगेर हो कि ढंग नपुगेर हो ?’ उनले जिज्ञाशा राख्दै भनेका छन्, ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नुपर्छ कि के हो ? आखिर प्रयास नै सफलता हो।’
राजेश हमाल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक अ डे विथ राजेश हमाल भ्लगको ट्रेलरमा हमालले मेयरको चर्चा गरेका छन् । वैशाख ३० मा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मेयर बन्ने इच्छा हमालले गरेपछि सबैले चासोको रुपमा हेरेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #महानायक राजेश हमाल, #मेयर
ताजा खबर
- १संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- २सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध
- ३काठमाडौं महानगरले वैशाख १ देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
- ४प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने
- ५पहिलो महिना सांसदहरूले १८ दिनको मात्रै सेवा सुविधा पाउने



तपाईको कमेन्ट लेख्नुहोस्