Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

ओलीको कटाक्षः निर्वाचन आयोगले मतपत्रमा कांग्रेसको हरियो रंग किन प्रयोग गर्यो


काठमाडौं । स्थानिय तहको चुनावको लागि निर्वाचन आयोगले तयारी थालेपनि मतपत्रको बिषयमा भने विवाद भएको छ । निर्वाचन आयोगले निर्वाचन चिन्ह हरियो रङ्को राख्ने निर्णयको प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेसङ्गै विवादमा बढेको हो । निर्वाचन आउनको लागि ६७ दिन बाँकी रहदा निर्वाचन आयोगले हरियो रङको चिन्ह भएको मतपत्र छपाउन तयारी थालेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने त्यसमा आपत्ति जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा हरियो रङको चिन्ह राख्ने आयोगको निर्णयप्रति आपत्ती जनाएका हुन । ११२ औँअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराए । उनले कुनै पनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित नहुने दाबी गरे तर नेकपा एमालेले जनाएको आपत्तिमा भने निर्वाचन आयोग बेखबर छ ।

निर्वाचन आयोगले अहिलेसम्म यस बिषयमा कसैबाट पनि औपचारिक जानकारी नआएको दाबी गरेको छ । निर्वाचन आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले त्यस्तो कुनै जानकारी नआएको तर विवाद भएमा आफुहरु छलफल गर्ने बताए । आयोगले प्राविधिकहरुसंग छलफल गरेर हरियो मतपत्र छाप्ने निर्णय गरेको पनि जनाएको छ । आयोगले २०७४ सालको निर्वाचनमा सेतो मतपत्रमा निलो रंगको चिन्ह भएको र स्वस्तिक छाप पनि निलै भएकोले समस्या परेको हुँदा प्राविधिकहरुकै परामर्शमा हरियो रंग छनौट गरिएको पनि जानकारी दिएको छ ।

आयोगले निर्वाचनसम्बन्धी छपाइ सामग्रीहरु , निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवाका लागि सम्बन्धित फर्म तथा संस्थाहरु सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #निर्वाचन आयोग, #मतपत्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं