पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।शाहलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत लगिएको थियो ।
सोमबारबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए । नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्ला अदालत तनहुँ, #पल शाह
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्