पल शाहको बलात्कार प्रकरणको प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति !
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रवार विज्ञप्ति जारी गरी पल प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।
‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भएकाले यो प्रकरणमा गोपनीयताको हकको संरक्षण गर्दै संवेदनशील र संयमित हुन सबैलाई आग्रह गरेको छ । नाबालिक गायिका बलात्कारको अभियोग लागेका अभिनेता शाहले आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेदेखी नै समाजिक सञ्जार र विभिन्न यूट्युब च्यानलहरुले विभिन्न कोणबाट धारणा सार्वजनिक गरिरहेका छन् ।
केहीले पललाई निर्दोष त केहीले बालिक गायीकालाई निर्दोष करार गरिरहेका छन् । कतिपयले रिहाईको मागसहित आन्दोलन गरेका भीडियो सामाग्रीले सामाजिक सञ्जाल र युट्यूब च्यानल रंगिएका छन् । अदालतमा बिचाराधिन मुद्धामा अनावश्यक बहस पैरवी गराउने र पक्ष विपक्षमा धारणा सार्वजनिक गर्ने मिडिया ट्रायलले न्याय सम्पादनमा समेत असर पर्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तनहुँ प्रहरी, #पल शाह प्रकरण, #बलात्कारको आरोप
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्