ओलीलाई माधव नेपालको चेतावनी, सभामुख सापकोटालाई महाअभियोग लगाउने चेष्टा नगर्नु
काठमाडौं । गत असार २८ गते दोस्रोपटक संसद पुनस्थापना भएसङ्गै केही दिनमा नै नेकपा एमालेले माधवकुमार नेपाल लगायतलाई कारबाही गरेको थियो । तर उक्त कारबाहीलाई सभामुख अग्नी सापकोटाले अनुमोदन गरिदिएनन् । उता निर्वाचन आयोगले पनि माधवकुमार नेपालको पार्टीलाई दलको मान्यता दियो । ससंद विघटनदेखी नै माधवकुमार नेपाल र केपी शर्मा ओली एकअर्का प्रति आक्रोशित छन ।
सत्ता समिकरणबाट करीब बाहिरिएको अवस्थामा पुगेका नेपाललाई भने सभामुख अग्नी सापकोटाले भने ठुलो गुन लगाए । त्यही आक्रोशमा रहेको नेकपा एमालेले एकिकृत समाजवादीलाई सडकमै पुर्याउने प्रयास गरेपनि त्यो प्रयास असफल बन्यो । कारण थियो – एमसिसीको विपक्षमा रहेको समाजवादी एकाएक एमसिसी को पक्षमा उभिनु । सुरुमा एमसिसीको विपक्षमा रहेको नेकपा एकीकृत समाजवादी एकाएक एमसिसीको समर्थनमा रह्यो । त्यो पनि व्याख्यात्मक टिप्पणीको सहारामा ।
एमाले फुटाएर एकीकृत समाजवादी बनाएपछि ओलीप्रति नेपालको आक्रोशको पारो घटेको छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि नेपालले अधिकांश समय एमाले अध्यक्ष ओली कै आलोचनामा खर्चिए । ओलीले मंगलवारनै आयोजित पत्रकार सम्मेलनमा सभामुखको राजीनामा मागेको बिषयमा नेपालले यसरी जवाफ दिए । प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराको महाभियोगको बिषय अझै पनि अलमल भएका बेला एकिकृत समाजवादीले भने सिध्याउने खेलबाट बचेर आफुहरुले जित हासिल गरेको दाबी गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एमाले, #माधवकुमार नेपाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्