प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ । यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो। एमसीसीबारे छलफल गर्न दलहरुको आन्तरिक तथा दुईपक्षीय छलफल पनि भइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #एमसीसी सम्झौता, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्