Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

२७ औं जनयुद्ध दिवसः फेरिएका नेता,सत्ता र स्वार्थ केन्द्रीत राजनीति


काठमाडौं । तत्कालिन नेकपा माओवादीले भूमिगत रुपमा गुरिल्ला युद्ध सुरु गरेको दिन । तत्कालिन माओवादीका नेताहरुको शैलीमै भनौं, सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध जनयुद्ध । बन्दुकको नालबाटै जनताको राज्यसत्ता स्थापना गर्ने र साम्यवादी शासन व्यवस्था कायम गर्ने उद्घोष । २०५२ साल फागुन १ गते रुकुम, रोल्पा र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरी सुरुवात गरेको जनयुद्ध आइतबार २७ औं बर्षमा । दश बर्ष चलेको सशस्त्र बिद्रोहले देशमा ठूलै भुइँचालो ल्याइदियो ।

लठ्ठीको भरमा सुरु भएको कहालि लाग्दो युद्धले १७ हजारको ज्यान लियो । कयौं अझै बेपत्ता । कि सास चाहियो कि लास चाहियो भन्दै परिवार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तीको छानविन आयोगमा धाएको धायै छन् । घाइते तथा अपाङग अहिले पनि शरीरभित्र लागेका गोलीसँगै हिडिरहेका छन् । तर, आयोगको पदाधिकारी नियुक्ती र म्याद थप्नैमा सरकार केन्द्रीत छ । गुनासो सुन्ने र सम्बोधन जनयुद्ध सकिएको १७ बर्षमा पनि पूरा हुन सकेन ।

युद्धमा होमियाका केही कार्यकर्ता बैदेशिक रोजगारीका लागि पलायन भए । कोही साझ र बिहानको छाक कसरी टार्ने भन्ने चिन्तामै छन् । तर, युद्धका कमाण्डर सुकिला मुकिला बन्दै यतिबेला स्थानीय सरकारदेखि प्रदेश र संघमा शासन चलाइरहेका छन् । अव एकैछिन जनयुद्ध सुरु गर्ने केही पात्रहरुका कुरा गरौं ।
सुप्रमो कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड
दुई पटक सत्ताको नेतृत्वमा पुगेका प्रचण्ड पाटी गठन बिघटन गर्दे यतिबेला नेकपाबाट बिभाजित भएर फेरि माओवादीमै छन् । जनयुद्धमा ज्यान गुमाएका १७ हजार मध्ये आफूले ५ हजारको मात्रै जिम्मा लिने भनेर अभिब्यक्ती दिएपछि प्रचण्ड आलोचित पनि भएका थिए ।
मोहन बैद्य
पाटी बिचलित भएको र क्रान्तिमा धोका दिएको भन्दै रामबहादुर थापा, सिपी गजुरेल, नेत्रबिक्रम चन्द देब गुरुङ लगायतका नेताहरु लिएर नेकपा माओवादी पार्टी बनाएका बैद्यलाई अहिले गजुरेल बाहेक अरुले साथ छोडिसकेका छन् । उनी सानो पाटीको महासचिव बनेर क्रान्तिका गफ बाँडिरहेका छन् । बैद्यसँग छुटिएर प्रचण्ड कहाँ पुगेका रामबहादुर थापा राजनीतिक स्वार्थमा अहिले एमालेमा गएका छन् ।
डाक्टर बाबुराम भट्टराई
तत्कालिन माओवादीबाट सत्ताको नेतृत्वमै थिए डाक्टर बाबुराम भट्टराई । पछि पार्टी फुटाएर नयाँ शक्ती गठन गरेका भट्टराईलाई पाटी चलाउन हम्मे हम्मे परेपछि यतिबेला संघीय समाजबादीहुँदै जसपामा बिलय भएका छन् । जसपामै उपेन्द्र यादवसँग यतिबेला पौठेजोडी चलिरहेको छ । अध्यक्ष बन्न उनी गािण्तिय अंक गणितमा जोर घटाउ चलिरहेको छ ।

अझै् युद्धको धङधङकीले नेत्रबिक्रम चन्द बिप्लवलाई छाडेको छैन् । उनी भूमिगत हुँदै यतिेबला फेरि सार्वजनिक राजनीति गरिरहेका छन् । युद्ध लडेका एउटै थालमा गास खाएका नेताहरु तितरबितर हुँदा, राजनीतिक स्वार्थमा चुर्लुम्म डुब्दा शहिद, बेपत्ता तथा घाइते र अपाङगले हाम्रै लागि जनयुद्ध भएको थियो भनेर कसरी पत्याउने ? साझ र बिहान छाक टार्न मुस्किल भएका कार्यकर्ताले सारथी चिल्ला गाडीमा हुइकिदै महलमा बस्दा जनयुद्धलाई कसरी बुझ्ने ?

जनयुद्धले केही परिवर्तन ल्याएको छैन् भन्ने हुदै होइन सात राजनितिक दलको सहकार्यमा राजतन्त्र फालियो गणतन्त्र ल्याइयो । नयाँ संविधान पनि जारी भयो । तर, जनताले अनुभूति पाएको खोइ ? जनयुद्धले २७ बर्ष पूरा गर्यो तर, अझै कतिपय कार्यकर्ताको शरिरमा गोली नै छ । कतिपय बन्दुक बोकेका नेताहरु बिदेश पलायन भएका छन् । नेता कहाँ पुगे ? कार्यकर्ता कुन अवस्थामा जीवन चलाइरहेका छन् ? शहिद परिवार, घाइते अपाङग कस्तो अवस्थामा छन् ? ध्वस्त भएका भौतिक संरचनाको हालत के छ ? २७ बर्षमा छातीमा हात राखेरै भनौं के जनयुद्धको सार्थकता र लक्ष्य नेताहरुले भनेजस्तै परिवर्तन भयो त ?
२७ औं जनयुद्ध दिवसमा प्रचण्डको शुभकामना
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ’, आइतबार २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ ।’

जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको प्रचण्डको भनाइ छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरू, घाइते योद्धाहरू र उनीहरूका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न पनि गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२०५२ साल फागुन १, #गुरिल्ला युद्ध, #तत्कालिन माओवादी

तपाईको कमेन्ट लेख्नुहोस्