चुनावको मिति घोषणाकै दिन निर्वाचन आयोगले माग्यो गाडीदेखि फर्निचरसम्म
काठमाडौं । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेकै दिन निर्वाचन आयोगले बिभिन्न आवश्यक सामग्रीको माग गरेको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले सामग्री माग गरेर सक्रियता बढाएको हो । आयोगले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवस्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि आजै पत्राचार गरेको छ । नेपालको संविधानको धारा २४७ मा निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ व्यवस्था अनुसार आयोगले पत्राचार गरेको जनाएको छ।
आगामी स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले पत्रमा भनेको छ। सरकारले आगामी बैशाख ३० गते देशभर एकैपटक स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आगामी बैशाख ३० गते स्थानीय तह, #निर्वाचन आयोग
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्