फागुन १ गतेदेखि बिद्यालय खोल्न पाइने,१२ वर्षभन्दा कम उमेरका विद्यार्थीका हकमा आलोपालो
काठमाडौं । आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले आउदो फागुन १ गतेबाट निजी तथा सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको थियो । सीएमसीसीको आइतबार सिंहदरबारमा बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले जानकारी दिएका थिए । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि निजी तथा सामुदायिक विद्यालय बन्द छन् ।
यसअघि पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । तर, काठमाडौं उपत्यका लगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गरी निजी तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेका थिए । निजी विद्यालय सन्चालकहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका थिए । तर, १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको हकमा एक दिन विराएर आलोपालो गरेर विद्यालय खोल्न पनि बैठकले सिफारिस गरेको छ । यसैगरी यातायातमा जोर विजोर प्रणाली हटाउन पनि सीसीएमसीसीको बैठकले गृहमन्त्रालयलाई सिफारिस थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बिद्यालय खोल्न पाइने
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्