जेठ मसान्तसम्म स्थानीय तहको निर्वाचन,सत्ता गठबन्धनको बैठकमा जुट्यो सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ ।
गठबन्धनमै स्थानीय तहको निर्वाचनका बिषयमा मत बाझिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहभन्दा पहिले संघीय र प्रदेश चुनाव गर्नुपर्ने बताउदै आएका थिए ।
त्यस्तै, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २०७९ चैतसम्म स्थानीय तहको निर्वाचन गर्न सकिने बताउदै आएका थिए । स्थानीय तहको निर्वाचन पछि धकेलिने संकेत देखेपछि नेपाली कांग्रेसमा समेत विवाद देखिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जेठ मशान्तभित्र स्थानीय तह, #सत्तारुढ गठबन्धन, #स्थानीय तहको निर्वाचन
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्