श्रम मन्त्री किसान श्रेष्ठलाई मानव तस्करको आरोप लागेका कोमलराज उपाध्यायको फोन
भिजिट भिसामा गएका नेपाली अझै दुवईमा अलपत्र

काठमाडौं । भिजिट भिसामा दुबई गएर ठगिएका नेपालीसँग छलफल गरिरहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठलाई फोन गरे त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजका कोमलराज उपाध्यायले । उपाध्यायले भिजिट भिषाको आवरणमा नेपालबाट दुबई मानव तस्करी गर्दै आएको आरोप लागेको छ । त्यहि आरोपी उपाध्यायसँग मन्त्री श्रेष्ठले चर्कीचर्की कुराकानी गरे । कोमलराज उपाध्यायले नेपाली युवाहरुलाई विचल्ली बनाएको भिडियो नै बाहिरिएपछि मन्त्री श्रेष्ठले चासो देखाएका थिए । उपाध्यायले सञ्चालन गरेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजले आकर्षक तलब मोह देखाएर नेपालीलाई दुबई पु¥याएर अलपत्र बनाएका थिए ।
मन्त्री श्रेष्ठले भाई भन्दै कोमलराजलाई थर्काए । कोमलराज उपाध्याय नाम गरेका उनीलाई भने मन्त्री श्रेष्ठले राजन ठकुरी भनेर सम्बोधन गरिरहेका छन् । १ सय २८ जना नेपनलीलाई भिजिट भिष्साका नाममा अलपत्र पार्ने उनै कोमलराज अझै पनि दुवईमा छन् । खुलेआम मन्त्री श्रेष्ठसँग टेलिफोनमा गफगाफ गरिरहेका छन् । मन्त्री श्रेष्ठलाई कोमलराज उपाध्यायले क्याम्पको फोटो समेत पठाएको स्विकार गरेका छन् । भिजिट भिषामा नेपालबाट दुबई मानव तस्करी गर्दै आएका उपाध्यायले प्रति व्यक्ति न्युनतम एक लाख ७० हजार रुपैयाँदेखि ६ लाख ९० हजार रुपैयाँ असुुल गरेको भेटिएको छ । बिहिबार दुवईबाट फिर्ता भएका नेपालीहरुले मन्त्री श्रेष्ठसँग पोखेको छन् ।
पैसाको लोभमा दलालीको फन्दामा परेका नेपाली अझै दुवईमा अलपत्र छन् । उनीहरु नेपाल आउन चाहेपनि कोमलराज उपाध्यायले बन्धक जस्तै बनाएर राखेका छन् । सयौं युवा अझै कोमलराजले नेपाल फर्काउन नचाहेको भन्दै गुनासो गरिरहेका छन् । मन्त्री श्रेष्ठको धम्कीले पनि कोमलराज अझै डराएका छैनन् । राम्रो काम लगाइदिने आश्वासनमा कोमलराज उपाध्यायका जस्ता मेनवारले अझै नागरिक बेच्ने काम गरिरहेका छन् ।
मन्त्री श्रेष्ठले कारवाही गर्ने प्रतिबद्धता जनाएपनि अलपत्र युवा भने नेपाल फर्किन पाएका छैनन् । मन्त्रालयले श्रम मन्त्रालयको नेतृत्वमा सिआइबी, बैदेशिक रोजगार विभाग, वैदेशिक रोजगारी बोर्डलाई समेत समेटेर पाँच सदस्यीय मार्सल टिम घोषणा गरेको छ । जसले भिजिट भिसामा विदेश पु¥याइएकाहरुलाई उद्धार गर्नुका अतिरिक्त दोषिहरुलाई कानूनको दायरामा ल्याउने मन्त्री श्रेष्ठको दाबी छ । सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका तथ्यांकले देखाउछ । त्यससमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेको देखिन्छ ।
सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको अध्यागमनकै तथ्यांकले देखाउँछ । सन् २०१९ मा दुई लाख नेपाली भिजिट भिसामा युएई गएको देखिन्छ । यसरी बर्षेनी भिजिट भिषामा नेपालीहरु गएर नर्फिकिदा समेत सरकारले चासो नदेखाउनु गम्भिर बिषय हो । यस्तो काम सेटिङमा गर्ने सरकारी कर्मचारीदेखि मेनपावरका सञ्चालकको जालो नतोडिएसम्म बर्षेनी नेपालीले यस्तै दुख भोग्नु बाहेक अर्को बिकल्प छैन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कोमलराज उपाध्याय, #भिजिट भिसा, #मन्त्री किसान श्रेष्ठ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्