उपत्यकामा लागू भयो यातायातमा जोरबिजोर,यी ब्यक्तीका सवारीलाई लागू हुँदैन जोरविजोर
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना महामारीको संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजोर नम्बर प्लेटका चल्नेछन्।
केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू हुनेछैन । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल, शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रुपमा गुड्न पाउनेछन् । खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन । सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारी साधन तथा कूटनीतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जोरबिजोर प्रणाली, #सरकारी कर्मचारी, #सार्वजनिक र निजी सवारीसाधन, #सार्वजनिक संस्थान, #सुरक्षाकर्मी, #स्वास्थ्यकर्मी
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्