खोप कार्ड छैन भने घर बाहिर हिडडुल नगर्नु,पर्नुपर्ला सुरक्षाकर्मीको फन्दामा

काठमाडौं । नेपाल सरकारले शुक्रबारदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको छ । सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड मोबाइलमा फोटो भएपनि हुने साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन प्रशासनको आदेश जारी गरेको हो ।
खोप कार्डको प्रयोगबारे शुक्रबारदेखि नै जिल्ला प्रशासनहरुले अनुगमन थालेका छन् । मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै सीसीएमसीको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको छ । यता, कोरोना रोकथामका लागि भन्दै काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयहरुले शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ प्रतिबन्धात्मक आदेश जारी गरेका छन् ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारि मार्फत जारी आदेशमा सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेलगायतका निर्देशनहरु रहेका छन् । लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न गराउन आदेशमा भनिएको छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने र परीक्षाहरु सञ्चालन नगर्ने पनि आदेशमा उल्लेख छ ।
रेस्टुरेन्ट तथा पसल, सपिङ मलमा स्वास्थ्य मापदण्डको पूर्णपालनासहितको भौतिक दूरी कायम गराउन भनिएको छ । यस्तै आजबाटै सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । यता, त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले समेत पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छन । कोरोना महामारिकै कारण बैशाखमा गर्ने भनिएको माध्यमिक तहको परीक्षा एसईइ समेत प्रभावित हुने देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कार्यालय, #खोप कार्ड अनिवार्य, #रेस्टुरेन्ट, #सिनेमा हल, #होटल
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्