कोरोनाको फेरि नयाँ रेकर्ड, एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ६३४३
काठमाडौं । पछिल्लो दुई दिनदेखी कोरोनाभाइरस संक्रमणले उच्च रेकर्ड बनाइरहेको छ । बुधबार मात्रै पनि महामारी सुरु भएयताको उच्च रेकर्ड बनाउँदै देशभर ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्ड अनुसार मुलुकभरको संक्रमणदर ५२ दशमलब ६ प्रतिशत पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो अवधिमा ६१३ जनाले कोरोना जितेका छन् ।
काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ जनामा कोरोना संक्रमण
बुधबार काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित थपिएका छन् ।
तेश्रो लहरसँगै महामारिले तिब्रता पाउँदा अस्पताल पुग्नेहरुको संख्या समेत बढ्न थालेको छ । यद्यपी विगतको जस्तो उच्च जोखिमा पर्नेहरुको संख्या भने कम भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्