नेपालमा कोरोना संक्रमणदर उच्च गतिमा बृद्धि,देशभर २१ हजार बढी सक्रिय संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण उच्च गतिमा बृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१४ हजार ५ सय ५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ रहेको छ ।
७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन् । यसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की रहेका छन् । त्यस्तै आठ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौँमा छन् । ९ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ललितपुरमा २ हजार ३८२ तथा भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र १५ सय ९१ जना सङ्क्रमित थपिएका छन् भने ललितपुरमा ४८६ तथा भक्तपुरमा १४२ जना संक्रमित थपिएका छन् । थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संक्रमण उच्च गतिमा
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्