Techie IT
  • २३ असार २०८२, सोमबार
KhojPatrika

नेपालमा कोरोना संक्रमणदर उच्च गतिमा बृद्धि,देशभर २१ हजार बढी सक्रिय संक्रमित


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण उच्च गतिमा बृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ५ सय ५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ रहेको छ ।

७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन् । यसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की रहेका छन् । त्यस्तै आठ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौँमा छन् । ९ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ललितपुरमा २ हजार ३८२ तथा भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र १५ सय ९१ जना सङ्क्रमित थपिएका छन् भने ललितपुरमा ४८६ तथा भक्तपुरमा १४२ जना संक्रमित थपिएका छन् । थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संक्रमण उच्च गतिमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं