तम्घासको एक होटलबाट पाँच लाख नगद सहित सात जुवाडे र होटल सञ्चालक पक्राउ
गुल्मी । जिल्लाको सदरमुकाम तम्घासको एक होटल बाट सात जुवाडे सहित होटल सञ्चालक पक्राउ परेका छन् । सोमबार रेसुङा नगरपालिका १ भिमचोक स्थित भेटघाट होटल बाट पाँच लाख पाँच हजार ६ सय ५५ नगद सहित सात जना जुवाडे र होटल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
होटलमा जुवा तास खेली खेलाईरहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा प्रकाश थापा, यम बहादुर कुवर, विष्णु कुवर ,महेश जि सि, कैलास वन्जरा र लक्ष्मण बजाण्डे रहेका छन ।
त्यस्तै होटल सञ्चालीका इस्मा गाउँपालिका एक की आशा खत्री रहेको बताइएको छ । खत्री इस्मा गाउँपालिका एकका वडा अध्यक्ष चुरा बहादुर खत्रीकी श्रीमती हुन् । उनीहरुको नाम ठेगाना खुलाउन गुल्मी प्रहरीले आनकानी गरेपनि नाम सार्वजनिक भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्