एमाले रुकुमपश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन,विवाद भने कायमै
रुकुमपश्चिम । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन् । आइतबार अबेर बन्दसत्रका अध्यक्ष मण्डलले देवकोटालको अध्यक्षतामा देवकोटासहित पदाधिकारीको नाम विवादका बीच घोषणा गरिएको हो । उपाध्यक्षमा मनवीर घर्ती, सचिवमा शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल घोषणा गरिएको छ।
जिल्ला कमिटीका सदस्यहरूको नाम भने घोषणा गरिएको छैन। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव गरेको थियो। शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तीर्था गौतमले देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्।
शाह र ओलीले मतदान हुनुपर्ने माग गर्दागर्दै पनि जिल्ला कमिटीका पदाधिकारी घोषणा गरिएको हो। देवकोटा मुसीकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माविका आधारभूत तहका स्थायी शिक्षक हुन्। यद्यपि‚ उनले राजीनामा दिइसकेको बताइएको छ। यसअघि उनलाई एमालेले केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो। उनी पछिल्लो समय कर्णाली प्रदेश कमिटी सदस्य थिए। जवरजस्ती अध्यक्ष घोषणा गरेपछि नेताहरुले भने सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नन्दराम देवकोटा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्