निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली चयन
काठमाडौं । नेपाल निजामति कर्मचारी युनियन रुकुमपूर्वको अध्यक्षमा दशरथ ओली चयन भएका छन् । शनिबार रुकुम पूर्वको सिस्ने शिक्षा क्याम्पसमा आयोजना भएको युनियनको दोस्रो जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियनको नयाँ कार्य समितिको उपाध्यक्षमा धनबहादुर अधिकारी, नुमना पुन, अनुराधा झा, सचिवमा थलराज बस्नेत, सह–सचिवमा नरेश ओली र कोषाध्यक्षमा गणेश ओली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा छविलाल घर्ति मगर, डिला भुषाल, सर्वजीत पुन, दिपा खड्का, थलवीर कसेरा, शुरेन्द्र प्रसाद यादव, दिल बहादुर खड्का, ओपेन्द्र ओली, गोपाल केसी र तुल बहादुर विष्ट चयन भएका हुन् । अधिवेशनले दुई जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । जसमा विश्व केसी र निर्मला शर्मा रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस रुकुम पूर्वका उप–सभापती भिम बहादुर खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सरिता विसी, नेपाली कांग्रेस रुकुम पूर्वका महाधिवेशन प्रतिनीधि लक्षिराम घर्ती लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्