माओवादीको महाधिबेशन आजदेखि,एक हजार ६ सय ३१ जना प्रतिनिधि सहभागि हुँदै
 
	
				
			काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन गर्ने तयारी भइरहेको छ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ ।
केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ । महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।
संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने सम्भावना छ । राजनीतिक, वैचारिक र साङ्गठानिक रुपमा फरक मत राख्ने नेताहरु नहुँदा पुनः नेतृत्वमा आउन प्रचण्डलाई सजिलो छ ।
नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशमा कुल एक हजार ६ सय ३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी एक हजार ६ सय ३१ जनाको सहभागिता रहने माओवादीले जनाएको छ ।
माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्