कांग्रेसको पहिलो बैठकमा देउवाको आश्वासन, म सबैको सभापति बन्छु
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहको समापनमा बोल्दै सभापति देउवाले अब आफू सबैको सभापति बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । निर्वाचनअघि र निर्वाचनपछिको अवस्था फरक भएको भन्दै देउवाले निष्पक्ष भएर काम गर्ने प्रतिवद्धता समेत जनाए ।
सभापति देउवाले आउने निर्वाचनमा पार्टीलाई बलियो बनाउनमा ध्यान केन्द्रित गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कांग्रेस केन्द्रीय कार्यसमितिमा झण्डै ८२ प्रतिशत पकड कायम गरेका देउवा अहिले केन्द्रीय समितिबाट आफूले चाहेको निर्णय गराउन सक्नेगरी सजिलो अवस्थामा छन् । अझै एकजना कोषाध्यक्ष, एक जना प्रवक्ता र ३३ जना केन्द्रीय सदस्य सभापतिले नै मनोनयन गर्ने व्यवस्था छ । यस्तो अवस्थामा सबैलाई मिलाएर जाने देउवाको प्रतिवद्धतालाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सकारात्म रुपमा लिएका छन् ।
प्रमाणपत्र वितरण सभारोह लगत्तै बसेको कांगे्रसको पहिलो केन्द्रीय समितिको बैठकले पाँचओटा निर्णय गरेको छ । बैठकले पार्टी एकतालाई थप सुदृढ गरेर जाने संकल्प गर्दै महाधिवेशन सम्पन्न गराउने भुमिकामा रहेका सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरुले पार्टीको हस्ताक्षर प्रयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
निर्वाचन आयोगमा पार्टीको दर्ता अध्यावधिक गर्ने तथा दल दर्ताका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय कांग्रेसको पहिलो बैठकले गरेको छ । नेपाली कांग्रेसले १४ औ. महाधिवेशनबाटै संघीयतालाई कार्यान्वयनमा ल्याएको हो । अहिलेको कार्य समितिमा पुराना र नयाँ अनुहारको संयोजन छ भने यो केन्द्रीय कार्यसमिति संविधानको भावना अनुसार पूर्ण समावेशी मोडलमा बनेको पहिलो हो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्