Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

भिडभाडले नेपालमा कोरोनाको तेस्रो लहर आउने त्रास, देखिएन जनस्वास्थ्यको मापदण्डमा सचेत


काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । विश्वका ६० भन्दा बढी मुलुकमा फैलिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भएसँगै महामारीको जोखिम बढेको भन्दै आवश्यक तयारीका लागि विज्ञहरुले सचेत गराएका छन् । त्यसमाथि भीडभाड जन्य गतिविधि समेत बढ्दै जाँदा जोखिमको सम्भावना झनै बढेको छ । कोरोना महामारीको दोस्रो लहरको संक्रमण नघट्दै फेरि तेस्रो लहरको जोखिम बढेको छ । पछिल्ला दिनमा बढ्दो भिडभाड तथा बढ्दै गएको लापरबाहिका कारण कोरोना संक्रमणको तेसा्रे लहरको जोखिम बढेको हो । यस्तो अवस्थामा पनि अस्पतालहरुमा तेस्रो लहरको तयारी तथा पूर्वाधारको विकास हुन सकेको छैन ।

हुनत नागरिकले कोरोनाको दोस्रो लहरमा भोगेका समस्याले सरकारलाइ केही हदसम्म सोच्न बाध्य बनाएको थियो । त्यही कारण दोस्रो लहरमा संक्रमितको ज्यानै जाने गरेर अक्सिजनको अभाव भएको विषयमा सरकारी तहबाट केही काम भएको छ । यसले गर्दा तेस्रो लहरमा अक्सिजन कै अभावमा ज्यान गुमाउनु पर्ने सम्भावना कम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा दोसा्रे लहरको भयावह अवस्थालाइ धयानमा राखेर आवश्यक तयारी भइरहेको बताउँछन् । आगामी दिनमा असिजनको र उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु नपर्ने दाबी समेत उनको छ ।

पछिल्ला दिनमा अस्पतालहरुमा गरिएको परिक्षण मध्ये कोरोना संक्रमण पुष्टि हुने दर समेत बढेको छ । केही साता अघिसम्म परिक्षण गरिएको मध्ये ५ प्रतिशतभन्दा कममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको थियो । तर, अहिले यो संक्रमणदरको ग्राफ बढ्दो छ । कोरोनाको पहिलो लहर केही मात्रामा कमी हुँदा गरिएको गल्तीका कारण दोस्रो लहरमो सामना गर्नु परेको थियो । अहिले दोस्रो लहरको कोरोना संक्रमण मुक्त नहुदै सरकार, राजनीतिक दल र सर्वसाधारणले झन् ठूलो गल्ती दोहराउँदै छन् । यसले भविष्यमा भयावह अवस्था आउन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञ डा.सरद वन्तको छ ।

अहिलसम्म भएका अध्ययनलाई मान्ने हो भने तीब्र गतिमा विश्वभर फैलिदै गएको ओमिक्रोन भेरियन्ट विगतमा तहल्का मचाएको डेल्टा भेरियन्टभन्दा संक्रामक छ । यसैगरि जनस्वास्थ्यको मापदण्डको बेवास्ता गर्ने हो भने नयाँ भेरियन्ट मात्र नभएर डेल्टा भेरियन्टले नै आतंक फैलाउने दाबी पनि डा. वन्तको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि अहिलेसम्म उपचारको उपयुक्त विधि पत्ता लागेको छैन । तर विश्वभर प्रयोग भइरहेको खोपले नै संक्रमणलाई नियन्त्रणमा लिन सकिएको छ । उता नेपालमा पर्याप्त मात्रामा खोप आए पनि खोप अभियान भने प्रभावकारी हुन सकेको छैन । अहिलेसम्म लक्षित जनसंख्याको झन्डै ५० प्रतिशतले खोपको पहिलो मात्रा नै लगाउन पाएका छैन्न् । खोप केन्द«को विस्तार हुन नसक्दा खोप अभियान प्रभावकारी हुन नसकेको हो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्