Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

पौडेलको चियापानमा देउवाविरुद्ध नाराबाजी भएपछि….


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी भएको छ । मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी गरेका थिए ।

कार्यक्रममा होहल्ला भएपछि नेता पौडेलले भिडलाई हल्ला नगर्न बारम्बार आग्रह गरेका थिए । ‘तपाईंहरूको यो हल्लाले आफ्नै उद्देश्य र आफैंलाई क्षति पुर्‍याउने काम नगर्नुस्,’ नेता पौडेलले नेता कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए । आफ्नो आग्रहलाई भिडले नटेरेपछि पौडेलले देउवालाई हात समातेर मञ्चसम्म ल्याएका थिए ।

कार्यक्रममा महामन्त्रीका प्रत्यासी डा. मिनेन्द्र रिजालले पटक पटक ‘हात जोडेर’ हल्ला नगर्न बिन्ती गरेका थिए । चियापान समारोहमा सभापतिका प्रत्यासीद्वय देउवा र शेखर कोइरालासँग वरिष्ठ नेता पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा पौडेलले भने, ‘यो चियापान कार्यक्रम सम्मानको लागि हो । अपमान हुने काम नगर्नुहोस् ।’ सोही कार्यक्रममा केही प्रतिनिधि तथा कार्यकर्ताहरूले रामचन्द्र पौडेललाई पनि मौन नबस्न भन्दै नाराबाजी गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #देउवाविरुद्ध नाराबाजी, #नेता रामचन्द्र पौडेल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं