सर्बोच्चमा फुलकोर्ट बैठक,गोलाप्रथा सुरु भएपनि जवरासँग इजलास नबस्न न्यायाधीश एकमत
काठमाडौं । एक महिनादेखि विवादमा रुमल्लिएको सर्बोच्च अदालतमा फुलकोर्ट बैठक बस्दैछ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बोलाइएको हो । बैठकले बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर, गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्धा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भने अनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामा समेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका थिए । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने स्वीकार गरेका छैनन् ।
इजलास बहिष्कार गर्दै आएको नेपाल बारले बुधबार सबै १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन र सभा गरेको थियो । न्यायाधीशहरुले भने गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि जबरा संलग्न इजलासमा सामेल नहुनेमा एकमत देखिएका छन् । बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अदालतमा फुलकोर्ट, #सर्बोच्च अदालत
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्