काग्रेस सांसद अमरेस सिंहको आडमा ज्वाई संजय झाको ठगी ताण्डप

काठमाडौं । नेपाली काग्रेसका सांसद अमरेस सिंहको आडमा सिंहका बहिनिज्वाई संजय झाले करौडौ रुपैंया ठगि गरेको तथ्य बाहिरिएको छ । झाले विगत सात वर्षदेखि सिंहको सांसद पदको पहुचको दुरुपयोग गर्दै शिक्षा मन्त्रालय समेतलाई प्रभावमा पारेको देखिन्छ । सांसद सिंहको पहुचका कारण मन्त्रालयसगको साठगाँठमा विभिन्न कलेजहरुको स्वीकृतिका लागि दर्ता भएका फाइलहरु झाले लिने गरेको देखिएको छ। त्यस्तै समस्याग्रस्त कलेजहरुको समाधान गराइदिने भन्दै त्यस्ता कलेजहरुको संयोजकको रुपमा कार्यरत छन् झा ।
त्यस्तै सम्बन्धित कार्यहरु मन्त्रालयसगको साठगाँठमा र कलेजहरु सगको सम्बन्धित समस्या समाधान गर्ने भनि विभिन्न विश्वबिद्यालयको लब्धाङ्क पत्र देखि प्रमाणपत्रसम्म समरुपता सहितको डिजाईन गर्ने देखि वितरण गर्ने गराउने जिम्मेबारी सहितको व्यवस्थापनको नाउमा झाले कार्य गर्दै आइरहेका छन । झाले दर्ता भएका फाइल तथा बिबादित कलेजहरु जम्मा गर्दै सम्बन्धित निकायबाट त्यसको स्वीकृतिका लागि विभिन्न व्यक्ति तथा कम्पनिहरुसग करोडौ रुपैंया उठाउने र पछि कुनै न कुनै किसिमको विवाद निकाल्दै कलेजको शेयर पनि नदिने तथा आफुले लिएको रकम समेत फिर्ता नगर्ने गरेको खुलेको छ।
धरानका लोकेन्द्र श्रेष्ठ लगायत मनोज श्रेष्ठसग झाले कलेजको काम गर्ने र शेयर दिने नाउँमा लाखौ रकम लिएर बसेको देखिन्छ । झाले श्रेष्ठसग केन्ट कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट लगायत वेलह्याम्स एजुकेशन नेटवर्क, हाल केन्ट कलेज को नाउँमा एक करोड रुपैंया लिएको यो प्रमाणले स्पष्ट देखाउछ ।
त्यसैगरी झाले शिक्षा मन्त्रालयबाट भिरिन्ची कलेजको स्वीकृति दिलाइदिने भन्दै त्यसको सम्झौता गरी दश लाख रुपैंया लिएको समेत देखिन्छ।
यदि मन्त्रालयबाट सम्झौता गराउन नसके आफुले लिएको दश लाख रुपैंया फिर्ता गर्ने भन्दै ग्यारेन्टी स्वरूप झाले नेपाल एसबिआई बैंकमा रहेको आफ्नो खाताको दश लाख रुपैंयाको चेक मनोज श्रेष्ठलाई दिएको देखिन्छ । हालसम्म झाले न काम गरिदिए न त पैसा नै फिर्ता गरेका छन।
वेल्ह्याम्स एजुकेशन नेटवर्क प्रालिको शेयर दिने भन्दै झाले धनुषाका प्रविन कुमार झासग सुरुवाती लगानी गर्दै प्रविन झालाई शेयर कायम नगरी ललितपुरका सुयोग्यमान तुलाधरसग कम्पनि किनबेचको सम्झौता गरी २५ लाख रुपैंया लिएका थिए। पछि तुलाधरसग समेत विवाद गरी उक्त कम्पनि पुनः अन्य व्यक्तिलाई बेचेको देखिन्छ ।
यस्तै किसिम अर्को एक प्रकरणमा ICHM Nepal तथा ICHM Lalitpurकलेजका समस्याग्रस्त ब्याच “२०१३” को समाधान हुदै गर्दा झा कै सम्योजकत्वमा WLC Nepal का संचालक समेत रहेका संजय झाको ठाडो निर्देशनमा अकल प्रसाद जोशीले बिद्यार्थीसग लाखौ रकम उठाएका थिए । झा समेत रहेका ICHM Nepal का संचालक शिबकुमार श्रेष्ठको सम्योजकत्वमा वितरण भएको लाब्धंकपत्र समेत के ठिक छ भन्ने सन्देहास्पद रहेको देखिन्छ । यी त ठगीका केहि उदाहरण मात्र हुन् ।
जेठान अमरेस सिंह सांसद भएकै आडमा यसरी बिभिन्न व्यक्ति तथा कम्पनिहरुलाई झाले आफ्नो सिकार बनाउदै आइरहेका छन । यसरी अनेक तवरले करोडौ रुपैंया ठगि गर्दै खोलिएको बिभिन्न कलेजको अध्यक्ष तथा सिईओ लगायत अन्य पदमा रही कलेज संचालन गर्दै आईरहेका छन, संजय झा । यस्तै अनेक ठगि प्रकरणमा पाटन उच्च अदालतको मुद्दा नम्बर ०७६ – WO – ०६२३ को परमादेशबाट अहिले पक्राउ परेका झा प्रहरी थुनामा भने छैनन् ।
यसरी पक्राउ परेपछि न्युनतम पनि २५ दिन प्रहरी थुनामा राखी अनुसन्धान तथा बयान लिने गरिन्छ । प्रहरीले पक्राउ गरे लगत्तै झालाई छुटाउन झाका जेठान काग्रेस सांसद अमरेस सिह प्रहरी परिसर टेकु पुगे र करिब ४ घण्टा त्यहि बिताए । अन्ततः स्वस्थ्य अवस्थामा पक्राउ परेका झालाई बिरामी रहेको भन्दै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरियो । यसरी स्वस्थ्य अवस्थामा पक्राउ परेपनि सांसदको शक्ति आडमा झा प्रहरी थुनामा नरही अहिले अस्पतालमा बसिरहेका छन ।
बिरामी भनिएका झालाई सुरुमा सिनामंगल स्थित केएमसी अस्पतालको आईसोलेसन वार्डको केबिन नम्बर १३ र १८ मा रखिएको भनिएता पनि केबिन नम्बर परिबर्तन भई रहने गरेको छ। अस्पताल नै बस्नु पर्ने अवस्थाको बिरामी रहेका भनि अस्पताल भर्ना गरिएका झा भने अधिकांश समय फेसबुकमा रमाइरहेका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #अमरेस सिंह, #बहिनिज्वाई संजय झा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्