Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

स्वार्थगत रुपमा दल फुट्दै, जनतालाई बाँढ्ने सपना अर्कै


नेपालमा थुप्रै दल खोल्ने, फुट्ने र जुट्ने काम भर्खरैको होइन । बहुदलीय ब्यवस्थाको सुरुवातदेखि नै ब्यक्तीगत महात्वाकांक्षा पूरा गर्न जुट्ने अनि स्वार्थ पूरा भएन वा भयो भने फट्ने पार्टी फुट्ने रोग सर्दै आएको छ । पुराना पार्टी त फुटेकै थिए । आफूलाई बैकल्पिक शक्ति दाबी गर्ने जनमत नभएका दलको हविगत पनि त्यहि नै छ । सिमित स्वार्थकै कारण पक्ष र विपक्षका लाग्नेहरुको पनि यहाँ कमी छैन् । दलका टाउकेहरुको मनमुटापमा पनि तल्लो तहसम्म बिभाजित हुने परम्परागत संक्रमणले कहिले मुक्ति पाउला र खोई ? पार्टी भित्रको घात, अन्तर्घात र गुट–उपगुट राजनीतिमा झनै झांगीदै छ । नफुटेको, गुट उपगुट नभएको दलै छैन । बिचार समूह नमिल्नु स्वभाविक नै हो । यहाँ त मान्छे मन नपरे पार्टी नै छोडेर हिड्ने घटनाक्रम विकसित भइरहेको छ ।

ब्यक्ती प्रधान मान्दा दलहरु टुक्रा टुक्रा भइरहेका छन् । आफू अनुकुलको वातावरण बनाउन पनि यहाँ कुनै आइतबार कुर्नै पर्दैन । नभए हेर्नुहोस प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने बित्तिकै माधव नेपाल र महन्थ ठाकुरले पार्टी फुटाएरै छाडे । हुनत माधव नेपालकै कारण प्रधानमन्त्री बन्न पाएका देउवाले यत्ति गुन नलगाउने पनि त कुनै भएन नी ? उनकै प्रतिक्षामा एक महिनादेखि मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन् । अझै पार्टी दर्ताको प्रक्रियाले पूर्णता नपाउन्जेल सम्भावना नरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनाइसकेका छन् । दल बिभाजन राम्रो हुँदै होइन । बिभाजित भएका दलहरुको हालत के छ भन्नै परेन । हिजो कांग्रेस पनि फुटेकै हो । फुट गल्ती हो भन्दै फेरि मिलेकै हो ।

माओवादी आज कति टुक्रामा बिभाजित छ गन्नै मुस्किल परिसक्यो । मधेश केन्द्रीत दलको हालत पनि बताउनै परेन । स्वार्थ पूरा गर्न मिल्ने र फुट्ने श्रृखला रोकिएकै छैन् । राप्रपा पनि उही । एउटै पार्टीमा धेरै अध्यक्ष बनाएर अहिले बचेको छ । कुन दिन फुट्छ टुंगै छैन् । थरीथरीमा बिचार आइरहेकै छन् । एमाले बिभाजनले फेरि एक पटक अस्थिरता निम्त्याएको छ । केपी शर्मा ओलीको दम्भ र आडम्बर अनि माधव नेपालको अड्डीका कारण एमाले टुक्रा हुँदा त्यसको भार र क्षति देशले बेहोर्नु परेको छ । जुन पार्टी बनेपनि आखिर आफनै स्वार्थ पूरा गर्न हो भन्ने जनतालाई भन्नै पर्दैन । उनीहरुले बुझिसकेका छन् ।


क्याटेगोरी : राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #बहुदलीय ब्यवस्था

तपाईको कमेन्ट लेख्नुहोस्