अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । पछिल्लो विकसित घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै अफगानस्थानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उद्धारको निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन समेत निर्देशन दिइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर ट्विटरमा एक सन्देश लेख्दै अफगानिस्तानमा फसेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको जनाएका थिए । अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाएपछि त्यहाँ कैयन नेपाली अलपत्र परेका छन् । सरकारको आधिकारिक तथ्यांकअनुसार त्यहाँ १५ सय नेपाली रहेको बताइए पनि अवैधानिक रूपमा अफगानिस्तान छिर्नेहरूको संख्या समेत ठूलो रहेको आशंका छ ।
अहिलेसम्म अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक समेत आउन सकेको छैन । यस्तै बेलायतमा विभिन्न माग राख्दै आमरण अनशनरत गोर्खा सैनिकप्रति ध्यानाकर्षण भएको बताएको छ। उनीहरुका मागबारे सरकारले कुटनीतिक प्रयास थालिसकेको बताउँदै सरकारले अनशन लगायतका विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अफगानस्थान, #नेपालीहरुलाई तत्काल उद्धार
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्