अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । पछिल्लो विकसित घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै अफगानस्थानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उद्धारको निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन समेत निर्देशन दिइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर ट्विटरमा एक सन्देश लेख्दै अफगानिस्तानमा फसेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको जनाएका थिए । अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाएपछि त्यहाँ कैयन नेपाली अलपत्र परेका छन् । सरकारको आधिकारिक तथ्यांकअनुसार त्यहाँ १५ सय नेपाली रहेको बताइए पनि अवैधानिक रूपमा अफगानिस्तान छिर्नेहरूको संख्या समेत ठूलो रहेको आशंका छ ।
अहिलेसम्म अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक समेत आउन सकेको छैन । यस्तै बेलायतमा विभिन्न माग राख्दै आमरण अनशनरत गोर्खा सैनिकप्रति ध्यानाकर्षण भएको बताएको छ। उनीहरुका मागबारे सरकारले कुटनीतिक प्रयास थालिसकेको बताउँदै सरकारले अनशन लगायतका विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अफगानस्थान, #नेपालीहरुलाई तत्काल उद्धार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्