सर्बोच्चको आदेशः २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध
काठमाडौं । सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १ सय ६० औं बुँदा कार्यान्वयन गर्न भनेको हो । बजेट वक्तव्यमा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेश समेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ ।
कार्ययोजना बनेको १० दिनभित्र सरोकारवालासँग परामर्श गर्न थप नीतिगत तथा कार्यान्वयन तहमा प्रबन्ध गर्नुपर्ने भए गर्न भन्दै अदालतले भनेको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला ९४० माइक्रोनभन्दा पातलो को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८ /७९ को बजेट वक्तव्यको बुँदा नम्बर १ सय ६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’ अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न समेत भनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वोच्च अदालत
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्