बिद्युत प्राधिकरणमा कुलमानलाई ल्याउन प्रधानमन्त्री देउवाले दिए निर्देशन
शाक्यलाई राजीनामा दिन मन्त्री भुषालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाको निर्देशन पछि उनका समर्थकहरु पनि दंग परेका छन् । १४ घण्टे लोडसेडिङ अन्त्य गराएर जनतामाझ लोकप्रिय छवि बनाएका कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन । घिसिङ आफ्नो पहिलो कार्यकालको चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा पु¥याएर चर्चाको शिखरमा पुगेका थिए ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मनि्त्रपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङलाई नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि उनको पुनर्नियुकि्त हुनुपर्ने आवाज उठेपनि तत्कालीन केपी शर्मा ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उर्जामन्त्री भुसालले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु पर्ने योजना सुनाएपछि प्रधानमन्त्रीले वर्तमान कार्यकारी निर्देशक शाक्यलाई राजीनामा गराउन पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री र उर्जामन्त्री कार्यकारी निर्देशक शाक्यको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहरमा पुगेका छन् । त्यही कारण उनलाई हटाउने तयारी थालिएको हो । ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला प्रधानमन्त्रीले नै निर्देशन दिएको खबरपछि उनको प्रशंसा पनि हुन थालेको छ । घिसिङ २०७३ भदौमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा आएका थिए । प्राधिकरणका सहकर्मीमाझ नै असन्तुषि्ट र विवादका बीच अनुभवमा वरिष्ठ कर्मचारीलाई उछिनेर कनिष्ठ घिसिङलाई कार्यकारी निर्देशक बनाइएपछि कतिपय असन्तुष्ट अधिकारीहरु त अदालतको ढोका नै ढक्कक्याउन पुगेका थिए ।
केहीले राजीनामा समेत दिए । तर, घिसिङले आफ्नो नियुक्तीलाई कामबाटै सही साबित गराए । उनको नियुकि्त प्राधिकरण र विद्युत् प्रणालीका लागि …टर्निङ प्वाइन्ट बन्यो । उनले कामबाटै आफूलाई लोकपि्रय पनि बनाए । सम्भवतः सार्वजनिक पदमा भएका अधिकारीमध्ये सर्वाधिक प्रसंसा पाउनेमा घिसिङ पहिलो स्थानमा आउँछन् । घिसिङको पुनर्नियुकि्तको आदेस सहित देउवा सरकारले घुमिलिन लागेको छविलाई केही उकास्ने कार्य पनि गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिद्युत प्राधिकरणमा कुलमान
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्