Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

मंसिरदेखि गोला प्रथाबाट मुद्दाको पेशी चढाइने,सुधारको सुरुवात


काठमाडौं । अदालमा बिचौलियाको विगबिगी हुने प्रतिबेदन पेश भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुधारको प्रयास सुरु गरेका छन् । प्रधान न्यायाधीश जबराले विकृति विसंगति विहीन न्यायपालिका सम्बन्धी अध्ययन प्रतिवेदन कार्यन्वयन गर्न शुरु गरेका हुन् । आइतबार न्यायपरिषदलाई पत्र लेखेर स्वचालित पेशी प्रणाली तत्काल कार्यन्वयनका लागि जिल्ला र उच्च अदालतलाई निर्देशन दिइएको छ भने मंसिरदेखि सबै अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी चढाइने भएको बताइएको छ ।

न्यायाधीश नियुक्तिको मापदण्डमा समेत अध्ययन समितिले प्रश्न उठाएकाले न्यायपरिषद बैठकबाट विशेष अदालतका अध्यक्षसहित अन्य न्यायाधीश सिफारिस गर्ने प्रक्रिया समेत केही दिन पर सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्वचालित पेसी प्रणाली लागु नहुँदासम्म उच्च तथा जिल्ला अदालतहरुमा गोला प्रथाबाट पेशी सूची प्रकाशन गर्न परिपत्र गरिएको उल्लेख गरेका छन् ।

जिल्ला र उच्च अदालतमा आगामी मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने भएको छ । न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको सुझाव अनुसार जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न पत्राचार गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र विचौलिया रोकथामका लागि अदालतमा पेशी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो ।

समितिले जिल्ला अदालतमा एउटै न्यायाधीशले शुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली तथा उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन गर्ने प्रणाली संशोधन गरी स्वचालित पेशी सूची प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानन्यायाधीश चोलेन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं