जनार्दन शर्माले सम्हाले अर्थमन्त्रालय, कोरोना खोप खरिद गर्न ५ अर्ब निकासा
कर्मचारीको चाकडी मन पर्दैन, काम गर्नु
काठमाडौं । सरकारले कोरोना भइरसविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति दिएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै कोरोना भइरसविरुद्धको खोप खरिदका लागि मन्त्रालयलाई ५ अर्व रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार गरेको पहिलो क्याविनेट निर्णयमा आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरे । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।
सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय पनि भएको छ । अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बताएका थिए ।
कर्मचारीको चाकडी मन पर्दैन, काम गर्नु
अर्थमन्त्री शर्माले कर्मचारीहरूलाई काम छोडेर आफनो चाकडी गर्न नआउन आग्रह समेत गरेका छन् । कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्य साथ आएको भन्दै कर्मचारीलाई चाकडी गर्न नआउने निर्देशन दिए । उनले मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता जनाए ।
मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्दै मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइजस्तो भएर काम गर्नुपर्ने शर्माको भनाई छ । व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफूले भूमिका खेल्ने अर्थमन्त्री शर्माको दाबी छ । मन्त्रालयबाट भइरहेको कामलाई आफूले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने बताए ।
को हुन् नवनियुक्त अर्थमन्त्री शर्मा
जनार्दन शर्माको स्थायी ठेगाना मुसिकोट नगरपालिका ५, रुकुम पश्चिम हो । २०२० साल वैशाख २६ गते रुकुममा इस्केन्द्र शर्मा र नर्मदा शर्माको कोखबाट उनको जन्म भएको हो । परिवारमा शर्माका श्रीमती, एक छोरा र एक छोरी छन् । स्नातक तहसम्मको अध्ययन गरेका शर्मा २०३४ सालदेखि राजनीतिमा सक्रिय छन् । २०५६ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०५७ मा माओवादीको पोलिटब्युरो सदस्य भएका थिए भने २०६० सालमा माओवादी जनमुक्ति सेनाको डिभिजन कमाण्डर भएका थिए । २०७० सालमा नेकपा माओवादीको स्थायी समिति सदस्य र २०७१ मा जनवर्गीय संगठनको इञ्चार्जको भूमिका निर्वाह गरेका थिए । साथै माओवादीको प्रदेश ६ को इञ्चार्ज पनि भएका थिए ।
यस्तै २०७५ जेठपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज भएका थिए । मन्त्री शर्मा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुकुम पश्चिमबाट उनी निर्वाचित भएका थिए । मन्त्री शर्मा यसअघि ३०६५ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री २०७३ मा ऊर्जा मन्त्री र २०७४ मा गृहमन्त्री हुँदा शर्माले राम्रो छवि बनाएका थिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #५ अर्बको सहमति, #कोरोना भइरसविरुद्धको खोप
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्