निवर्तमान प्रधानमन्त्री ओलीले बालुवाटार छोड्दै
युथफोर्सले बालुवाटारदेखि बाल्कोटसम्म स्कटिङ गर्ने
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्दै छन् । अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । उनी आजदेखि निजी निवास बालकोटमा बस्नेछन् ।
ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको तयारी छ । त्यसका लागि एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जाल मार्फत युथफोर्सलाई र्यालीका लागि आह्वान गरेका थिए ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #निवर्तमान प्रधानमन्त्री
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्