जाँदा–जाँदै निवर्तमान प्रधानमन्त्री ओलीले पोखे सर्वोच्चमाथि आक्रोश, फेरि प्रधानमन्त्री बनेर फर्किने दाबी
गलत निर्णय गरेर देशलाई झनै संकटतर्फ धकेलेको आरोप
काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा आफ्नो तेस्रो कार्यकालको अन्तिम सम्बोधनमा विपक्षी गठबन्धन, आफ्नै दलका विपक्षी खेमासँगै सर्वोच्च अदालतमाथि तीतो पोखेका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि मनको बह पोख्दै पद छाडेका पूर्व प्रधानमन्त्री ओलीले अदालतमाथि केही ब्यक्तीलाई सत्तामा पु¥याउन लोकतान्त्रीक प्रकृयाको उपहास गरेको आरोप लगाएका छन् । २०७४ सालमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुँदा केपी शर्मा ओलीलाई प्रतिनिधि सभाका झन्डै ७५ प्रतिसत सांसदले साथ दिएका थिए ।
जंगबहादुर राणापछि बलियो प्रधानमन्त्री मानिएका ओलीले बोली अनुसार व्यवहार देखाउन सकेनन् । प्रधानमन्त्री निवासबाट बालकोटस्थित नीजि निवास फर्कँदा ओलीको लोकप्रियतामा आकास जमिनको भिन्नता आएको छ । घर जाँदा जाँदै देशबासीका नाममा सम्बोधन गर्ने लोभ छाड्न नसकेका ओलीले आफ्नो कार्यकालमा भएका अनगिन्ती उपलब्धीको बखान गरे । साथै स्वभाव अनुसार विपक्षी र अदालत प्रति कटु ब्यङ्ग गर्न पनि भ्याए नै । पूर्व प्रधानमन्त्रीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर निकै असन्तुष्टि जनाएका छन् ।
अदालतको फैसलाले राज्यका मुख्य तीन अंग बीचको सन्तुलन खल्बल्याएको धारणा राख्दै उनले भविष्यमा त्यसको समीक्षा हुने बताए । लोकतन्त्रको रक्षा, विकास र सुदृढिकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? राजनीतिक स्थायित्वलाई बल पु¥याए कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा राजनीतिलाई अग्रगामी दिशा दिए कि पछाडि फर्काए ? समीक्षा भविष्यले गर्ने नै छ भन्दै ओलीले सर्वोच्च अदालत प्रति रोस प्रकट गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने लगायतबारे सर्वोच्चले गरेका फैसलालाई लिएर उनले असन्तुष्टि जनाएका हुन् ।
सम्बोधनको क्रममा उनले विश्वको इतिहासमा पहिलो पटक अदालतले प्रधानमन्त्री तोकेको चर्चा गरे । फैसलाका कतिपय प्रावधान र त्यहाँ प्रयोग भएका भाषा–शैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको दाबी छ । अदालतले केही ब्यक्तीलाई सत्ता सुम्पिन संविधानको अपब्याख्या गरेको दाबी उनको छ । मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहीत रहनु लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको बताँउदै ओलीले जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश अनि कानुनको अपव्याख्या गरेर दलीय प्रणालीको आधारभूत संरचना भत्काउँदै सरकार बन्ने÷बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषाले मुलुकलाई गलत दिशातिर धकेल्न सक्छ भन्ने विषयमा गम्भीर र चिन्तित भएको बताए ।
ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण मात्रै आफु सरकारबाट बाहिरिनु परेको गुनासो गरे । जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिन लागेको उनको भनाई छ । सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा पनि इमानदारीका साथ काम गरेको उनको दाबी छ । सरकारबाट बाहिरिनु परेकामा चिन्ता नभएको बताँउदै उनलेले इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास लगायतका विषयलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पु¥याउन आफूले काम गरेको पनि दाबी गरे । उनले सम्बोधनका क्रममा लोकतन्त्र आफ्नो लागी जीवीका नभएर जीवन भएको र फेरी बादल फटेर सुर्य उदाउने बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #विपक्षी गठबन्धन
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्