सर्बोच्चको फैसलाबिरुद्ध महेश बस्नेतको नेतृत्वमा माइतीघरमा प्रर्दशन

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधि सभा पूर्नस्थापना गर्ने फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अपठ्यारोमा परेका छन । फैसला अनुसार उनले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पद छोड्नु पर्ने बाध्यता छ । तर नेकपा एमालेका भातृ संगठनहरुले भने अदालतले पक्षपात पूूर्ण फैसला गरेको भन्दै सडकमा विरोध प्रदर्शन सुरु गरेका छन् । प्रतिनीधि सभा विघटनविरुद्ध फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकलाई चुनावमा होम्ने योजना असफल बनाएको छ । सर्वोच्च अदालतले विपक्षी नेता शेरबहादुर देउवालाई मंगलबार साझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि नेकपा एमालेका भातृ संगठनहरु विरोध प्रर्दशनमा उत्रीएका छन् ।
अनेरास्ववियु, युवा संघ लगायतका भातृ संगठनहरुले अदालतको फैसला पक्षपात पूर्ण रहेको आरोप लगाउँदै सडक संघर्ष थालेका हुन । प्रर्दशनकारीहरुले विपक्षी र विदेशी शक्तीहरुको प्रभाव र दवावमा परेर अदालतले फैसला गरेको आरोप लगाएका छन । न्यायाधिशहरुले आर्थीक प्रलोभनमा आएर प्रतिनीधि सभा पूर्नस्थापना गरेको आरोप एमाले नेता महेश बस्नेतको छ । अदालतको फैसला जनभावना विपरीत भएको पनि प्रर्दशनकारीको आरोप छ । सर्वोच्च अदालतको फैसलापछि देश अस्थीरता र अनिश्चिताको भुमुरीका फस्ने युवा संघका निर्वतमान अध्यक्ष बचन सिंहको दाबी छ ।
मुलुकलाई स्थायीत्व र संमृद्धीको मार्गमा अगाडि बढ्न नदिने उद्देश्यका साथ अदालतको फैसला आएको युवा संघका उपाध्यक्ष अशोक चौलागाईको आरोप छ । देश र जनताको हित विपरीत आउने अदालतको फैसलालाई सदैव प्रतिकार गर्ने युवा संघका महासचिव रामजी सापकोटाको दाबी छ । अदालतले फैसला नसुधारेसम्म विरोध प्रर्दशन जारी रहने उनी बताँउछन् । भातृ संगठनहरुले मात्रै नभई एमाले नेतृत्वले पनि अदालतको फैसलाको विरोध गरेका छन् ।
फैसला न्यायोचित नहुदा नहुदै पनि आफुहरुले अदालतको सम्मान गर्ने नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीको भनाई छ । प्रतिनीधि सभा पुर्नस्थापना गर्ने अदालतको फैसलाको सत्तारुढ पार्टीले विरोध गरेपनि स्वागत गर्नेको जमात ठूलो छ । फैसला बमोजीम मंगलबार साझ ५ बजे भित्र विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । तर, प्रधानमन्त्री केपी ओलीले सहजै पद त्याग गर्ने विषयमा फरक मत देखिएका छन् । उनले पद त्याग गर्न आनाकानी गरेको खण्डमा मुलकु नसोचेको द्धन्द्धमा फस्ने छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माइतीघरमा प्रर्दशन
तपाईको कमेन्ट लेख्नुहोस्