संबैधानिक इजलासमा सोमबार रिट निवेदक पक्षका तीन वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दै
एमिकस क्युरीले पनि आजै राय दिने
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा जारी सुनुवाइ अन्तर्गत आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दैछन् । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्न लागेका हुन् । रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा मात्र बाँकी छ ।
आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकेका थिए । सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधान अनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए । रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका थिए ।
प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरु राखेका थिए । पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिन सुरु गरिएको छ । सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ । पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्धामा अब ४ घण्टा मात्र बहस हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #संबैधानिक इजलास
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्