कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो साढे ३ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो । सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । यसैगरी पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना भाइरस, #संक्रमणका कारण मृत्यु
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्