नेकपामा बिबाद भएपछि चिनियाँ राजदुतको दौडधुप तिब्र
काठमाडौं १९ बैशाख । नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । भैसीपाटी पुगेकी राजदूत याङछी र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा भेटघाट भएको थियो । नेकपाभित्रको बिबाद र प्रधानमन्त्री ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डसँगको भेटलगत्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेकी थिइन् । राजदूत याङछीले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेकी थिइन् । करिव एक साता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनालाई ओली पक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रुपमा प्रस्तुत गर्दै आएको छन् । राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङछीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राजदुतको दौडधुप तिब्र
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्