सांसद सुरेन्द्र यादवद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी
काठमाडौं १८ बैशाख । जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिररिक्षक सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । सांसद यादवले किटानी सहित नीजहरुले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै मानव उजुरी दिएका हुन् । सांसद यादवले उजुरीमा आफनो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्न समेत आयोगसँग माग गरेका छन् । सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले वैशाख १० मा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सांसद अपहरण
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्