सांसद सुरेन्द्र यादवद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

काठमाडौं १८ बैशाख । जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिररिक्षक सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । सांसद यादवले किटानी सहित नीजहरुले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै मानव उजुरी दिएका हुन् । सांसद यादवले उजुरीमा आफनो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्न समेत आयोगसँग माग गरेका छन् । सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले वैशाख १० मा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सांसद अपहरण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्