होला त स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानविन
काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दे सरकारको आलोचना नगर्न चेतावनी दिएपनि सचिवालय बैठककै नेताहरुले स्वाथ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्न माग गरेका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए भने साँझ ४ बजे सचिवालय बैठक बसेको थियो ।
सचिवालय बैठकमा नेताहरूले चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरे । कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीबारे नेताहरुले प्रश्न उठाएका थिए । ओम्नी समूहसंग सम्झौता भएको र पछि ठेक्क रद्द भएको विषय समेत आफूलाई थाहा नभएको कुरो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिएको बताइएको छ । यो प्रकरणमा भ्रष्टाचार भएको र त्यसमा राजनीतिक संरक्षण रहेको खबरहरू प्रकाशित भएपछि त्यो विषयले बैठकमा प्रवेश पाएको थियो । प्रधानमन्त्री ओली र कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सरकारले गरिरहेको काम र अबको रणनीतिबारे जानकारी समेत गराएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्