प्रधानमन्त्रीको स्वाथ्यमा क्रमिक सुधार
काठमाडौं १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था हाललाई ’खतरा मुक्त’ रहेको उनको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रधानमन्त्रीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया भएको चौथो दिन उनको उपचारमा संलग्न चिकित्सक टोलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य अवस्था बारे विस्तृत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले शरीरको प्रतिरोध क्षमता घटाउने औषधि लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिलामात्रै थाह भएको जानकारी दिइएको थियो । जसले गर्दा अत्यन्तै जोखिमपूर्ण अवस्था आइपरेको चिकित्सकले बताए । प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहले उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको स्वीकार गरेकी थिइन् । सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिइन् । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डा. सिंहको भनाई थियो । प्रधानमन्त्रीको उपचारमा शाह, सेन्टरका प्रमुख डा. उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक डा. रमेशसिंह भण्डारी, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, सघन उपचार विशेषज्ञ डा. सुभाष आचार्य संलग्न छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #प्रधानमन्त्रीको स्वाथ्य क्रमिक सुधार
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्