सरकार लकलक डराएको छैन्ः प्रधानमन्त्री ओली

काठमाडौं १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको रक्षाका लागि जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिएका छन् । आइतबार संघीय संसदको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कोही तत्व गणतन्त्रका बिरुद्धमा सडकमा जादैंमा सरकार लकलक नडराएको बताएका हुन् । उनले संघीयता, लोकतान्त्रिक गणतन्त्रका बिरुद्धमा कोही धावा बोले आफूहरु पनि चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले फेरि राजतन्त्र फर्काउछु भनी दिवा सपना नदेख्न चेतावनी दिए । अव सरकार सुशासन र विकासमा लाग्ने प्रधानमन्त्री ओलीले दाबी गरे । अपराध नियन्त्रण, राजस्व चुहावट र शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । भ्रष्टचार बढेर नभई नियन्त्रण भएर पक्राउ भइरहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने सार्वजनिक जग्गा हडप्ने बिरुद्धमा सरकारले सरकारको स्वामित्वमा ल्याउन काम गरिरहेको छौं । प्रधानमन्त्री ओलीले बाढी पहिरो र डुवानमा धेरै क्षति भएको भन्दै त्यसको पुर्ननिर्माणको काम भइरहेको जानकारी दिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #kp oli
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्